।भक्तपुर,२९ पुस ।जनतालाई प्रदान गर्ने सेवाका सम्बन्धमा नगर कार्यपालिका,वडा कार्यालय,विषयगत शाखाहरु र स्वास्थ्यहरुबाट नियमित कार्यभैराखेको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले नगरपालिकाको छठौ नगरसभामा वताउनु भयो । मेयर थापाले जनप्रतिनिधि र कर्मचारीहरु नगर सरकारबाट जनतालाई प्रदान गर्ने सेवा र विकास निर्माण सम्बन्धी कार्यका लागि एउटै रथका दुई पाँग्रा भएको वताृयँदै थापाले भन्नुभयो– दुबै पक्षको सन्तुलन, सहकार्यले मात्रै नगरपालिका आफ्नो लक्षयमा पुग्न सक्छ ।
उहाँले –स्वीकृत कूल पूँजीगत बनेट रु ६९ करोड २० लाखका सबै योजनाहरु उपभोक्ता समिति तथा ठेक्का प्रक्रियामा कार्य भैरेको बताउँदै उहाँले भन्नु भयो–यस्ता योजनाहरुको संख्या ४२५ बटा रहेका छन् ।दोस्रो चौमासिक भित्र थप रु ५०करोड बराबर खर्च हुने अनुमान छ । उहाँले २०७७ साल बैशाख मसात्त सम्म स्वीकुत वार्षिक कार्यक्रम सबै कार्य सम्मन्न गगर्ने गरी अगाडी बढेको जानकारी गराउनु भयो ।
उहाँले –प्रदेश सरकारबाट विनियोजित ह्ने रकमबाट कम्तीमा ६०० वटा स्र्माट सडक बत्ति जडान गर्ने कार्य अघि बढेको वताउनु भयो ।
सभामा न्यायिक समितिको प्रतिवेदन विनय महतले प्रस्ताव गर्नु भएको थियो भने सार्वजनिक सेवा तथा क्षमता विकासको प्रतिवेदन समितिका संयोजक उपेन्द्र केसीले प्रस्ताब गर्नु भएको थियो ।
त्यसरी नै सामाजिक विकास समितिको प्रतिवेदन समितिका संयोजक किरण थापाले प्रस्वाव गर्नु भएको थियो भने पूर्वाधार विकास समितिको प्रतिवेदन समितिका संयोजक रविन्द्र सापकोटाले प्रस्वाव गर्नु भएको थियो । त्यसरी विधेयक समितिको प्रस्ताव समितिका संयोजक रामेश्वर ध्वजुले प्रस्वाव गर्नु भएको थियो भने आर्थिक विकास समितिको प्रस्ताव संयोजक राजकुमार जोशीले गर्नु भएको थियो । त्यसरी नै वातावरण तथा विपद व्यवस्थापन समितिको प्रस्ताव संयोजक सानुकाजी कायस्थले गर्नु भएको थियो ।
सभाले सबै प्रस्तावहरु एक साथ पारित गरेको जानकारी प्रवक्ता उपेन्द्र केसीले जानकारी गराउनु भयो । सभा मेयर थापाको अध्यक्षतामा भएको थियो भने सभाको सचिवमा प्रमुख प्रशासकिय अधिकुत कमल ज्ञवाली रहनु भएको थियो र कार्यक्रम प्रशासकीय अधिकसत आरती न्यौपाने संचालन गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्