काठमाडौँ, १० माघ । सरकारले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने भएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउन स्वीकृति दिनुका साथै यसका लागि आवश्यक स्रोत सुनिश्चित गरेर शीघ्र रूपमा कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ ।
सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फतनै उक्त आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा घोषणा गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्