काठमाडौँ, ११ माघ । आज तामाङ समुदायकाे मुख्य पर्व ‘सोनाम ल्होसार’ । तामाङ समुदायले विभिन्न कार्यक्रमसाथ हर्षाेल्लासपूर्वक मनाउँदै छन् ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि चरा वर्ष पूरा गरी ‘मुसा’ वर्षमा प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ ।
ल्हाेसार अर्थात् ल्होछारमा ‘ल्हो’ काे अर्थ वर्ष वा साल अथवा सम्वत् हाे भने ‘छार’ काे अर्थ नयाँ भन्ने हुन्छ । यसरी ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको हाे ।
यस दिन तामाङ समूदायले विशेष परम्परागत अनि साँस्कृतिक महत्वका साथ ल्होछार मनाउँदछन् । सोनाम ल्होसारका अवसरमा नेपाल तामाङ घेदुङले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्दैछ । कार्यक्रममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिल प्रदर्शनीको गरिनेछन् ।
प्रतिक्रिया दिनुहोस्