काठमाडौँ, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा अग्नि सापकोटामा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
आज ३ बजे बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रस्ताव गरेका थिए भने उक्त प्रस्तावलाई देव गुरुङ, ओनसरी घर्ती र लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन । तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा थुनामा परेपछि सभामुख रिक्त थियो।
प्रतिक्रिया दिनुहोस्