काठमाडौ, १८ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न दुई वटा जहाज तयारी अवस्थामा रहेको बताउनुभएको छ ।
शनिबार पर्यटन बोर्डमा कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा भएको छलफलमा मन्त्री भट्टराईले पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताउनुभयो ।
उहाँले भन्नुभयोे, ‘आवश्यक पर्यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् । दुवै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ ।’
बाहिर फैलाइएजस्तो कोरोना भाइरसको भयावह अवस्था नभएकोले चिनियाँ अधिकारीहरुले आफुहरुलाई विश्वस्त बनाएको बताउँदै उहाँले कतिपय शक्तिराष्ट्रहरुले आफ्नो स्वार्थपूर्तिका लागि भयावह अवस्था सिर्जना गर्ने, आतंक मच्चाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहि होला भन्न त सकिन्न तर धेरैले आफ्नो स्वार्थपूर्तिका लागि यस्तो प्रचार गर्ने गर्दछन् हामी जोगिनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्