राजनीति

जनतालाई सिंहदरबार मेरो पनि हो भन्ने अनुभुति हुने व्यवस्था गरियोस् : सांसद चौधरी



काठमाडौँ, २९ माघ । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरीले जनतालाई सिंहदरबार मेरो पनि हो भन्ने अनुभुति हुने गरी सिंहदरबार प्रवेशका लागि सहज बनाउन माग गर्दै राष्ट्रिय परिचपत्रको आधरामा प्रवेशको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

आजको प्रतिनिधिसभाको बंठकमा देशका विभिन्न स्थलबाट सिंहदरबार आउने मानिसलाई सिंहदरबार प्रवेश झन्झटिलो भएको भन्दै उहाँले भित्रबाट पास पठाउने व्यवस्था हटाई राष्ट्रिय परिचय पत्र र सुरक्षा जाँच गरेर नै प्रवेश गर्न पाउनुपर्ने व्यवस्था गर्न माग गर्नुभएको हो ।

उहाँले मुलुक संघियतामा गइसकेको अवस्थामा सिंहदरबार गाँउगाँउमा नै गएको भएपनि भेटघाट र कामको लागि आउने आगन्तुकको लागि सिंहदरबार प्रवेश कठिन रहेको बताउँदै सुरक्षा जाँच गरी राष्ट्रिय परिचयपत्रबाट प्रवेश गराउन माग गर्नुभयो ।