एजेन्सी, १० फागुन । अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । उक्त सहरमा पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो ।
बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहकाबीच पार्कर नामक कुकुरले सहरको मेयर पदको सपथ ग्रहण गरेको हो ।
गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो । मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ खुवाएका हुन् ।
कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए । क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा उक्त समारोहका तस्वीर शेयर गरेको छ । त्यस्तै कतिपय तस्वीरहरु उक्त कुकुरको इन्स्टाग्राम पेजमा पनि शेयर गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्