समाचार

विद्यालयको शैक्षिक प्रदर्शनीमा सामुदायीक प्रहरीको चेतनामूलक स्टल



काठमाडौँ, १२ फागुन । मध्यबानेश्वर लाखेचौरस्थित काठमाडौं जेभियर्स पव्लिक स्कुलले आयोजना गरेको शैक्षिक तथा विज्ञान प्रदर्शनीमा सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर—१० लाखेचौरले जनचेतनामूलक प्रचार सामग्री सहितको स्टल राखेको छ ।

समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयको शैक्षिक तथा विज्ञान प्रर्दशनीमा सामुदायीक प्रहरीको स्टल राखिएको यो नै पहिलो भएको बताइन्छ ।

सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वरका इन्चार्ज प्रहरी हवल्दार ताराराम दयालका अनुसार सामुदायीक प्रहरीको उक्त स्टलमा वालवालिकाको आधारभूत सुरक्षासम्वन्धि पर्चा र पम्प्लेट तथा ट्राफिक प्रहरीले पनि जनचेतनामूलक पर्चाहरु वितरण गरेको थियो भने महानगरीय ट्राफिक प्रहरी प्रभागका इन्चार्ज सुर्दशन थापाले प्रर्दशनी हेर्न आएका विद्यार्थी र अभिभावकलाई ट्राफिक सचेतना सम्वन्धि जानकारी गराएका थिए ।

सो प्रदर्शनीको बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ, काठमाडौं महानगरको १० नं वडाका अध्यक्ष रामकुमार केसी, वडा सदस्य सतिश तण्डुकार, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि दुर्गाराज रेग्मी लगायतले अवलोकन गरेका थिए । विद्यालयका प्रिन्सिपल आरबि अधिकारीका अनुसार शैक्षिक तथा विज्ञान प्रदर्शनीले सकारात्मक सन्देश दिएको बताए ।

सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर—१० को पहलमा गतवर्ष सो विद्यालयमा विद्यालय—प्रहरी सम्पर्क समिति गठन गरिएको थियो ।