पश्चिम नवलपरासी, २० फागुन । जिल्लाको भुजहवा नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको छ ।
सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन र सीमाक्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुर नवलपरासीले जनाएको छ ।
सरावल गाउँपालिका–७ भुजहवामा सोमबार स्थापना गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलको उद्घाटन कार्यक्रममा प्रदेश नं ५ का सशस्त्र प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले बिओपी स्थापनासँगै सीमाक्षेत्रको सुरक्षा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
भारतले सीमा सुरक्षाका लागि तीन/तीन किलोमिटरको फरकमा एसएसबी स्थायी चौकी र आवश्यकताअनुसार अस्थायी चौकी राखेको छ । तर नेपालमा भने २८ किलोमिटरको दूरीमा योसहित चार बिओपी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्