भक्तपुर, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ५,६ र ७ को संगम स्थल गुण्डूको छेडोमा खेल मैदान निर्माण कार्यको शुक्रवार शिलान्यास गर्नुभएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको विगतको लामो इतिहासमा जुत्ता खोलेर खुट्टा धोएर पुनः जुत्ता लगाउनुपर्ने अवस्थाको अन्त्य भई वर्तमान समयमा आएर परिवर्तन भई रमणीय स्थानको रुपमा एकिकृत विकासको योजना अनुरुप विकास र परिवर्तन भएको बताउनुभयो । विभिन्न सडक, पार्क, खेलकुद स्थल, फुटशललगायतका असंख्य योजनाहरुको लागि बजेट व्यवस्थापन भएको उल्लेख गर्दै उक्त स्थानमा व्याडमिन्टन, भलिवललगायतका खेलकुद क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ आयोजनाको शिलान्यास गरिएको बताउनुभयो । उक्त स्थानमा स्वीमिङ पुल समेत निर्माण गर्ने योजनामा रहेको जानकारी गराउँदै उक्त स्थानमा राष्ट्रिय स्तरको खेलकुदकेन्द्रको रुपमा विकास हुने समेत बताउनुभयो ।
प्रदेश सरकारले लिटर गाठर्डन स्कुल छेउमा कर्वोड हल निर्माणको लागि प्रदेश सरकारले कम्तिको पाँच करोड बजेटको व्यवस्थापन गरिदिने र यो वर्ष नै उक्त कार्यको शुभारम्भ हुने प्रदेश सरकारले तयारी गरिरहेको जानकारी गराउनुभयो । विकासमा पुरानो हिनता बोकी सोच्नु नहुने बताउँदै उहाँले विकासको लाभ सवै नागरिकले लिन पाउने स्पष्ट पार्नुभयो । विकास विरोधी नकारात्मक सोच बोकी हस्ताक्षर अभियान सञ्चालन गर्नु अनावश्यक रहेको औल्याउँदै उहाँले केही समुहको व्यवसाय नै विरोधको खेती गर्ने भएको आक्रोस व्यक्त गर्नुभयो । विरोधी मानसिकताले ग्रसित मानिसहरुले जतिसुकै विरोध गरे पनि भक्तपुरको विकास नरोकीने उल्लेख गर्दै उहाँले भक्तपुरको विकासमा गरिएको विरोध घ्यु नआउने महि पारेर कुनै अर्थ नहुने समेत स्पष्ट पार्नुभयो ।
सांसद बस्नेतद्वारा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत कै मध्यपुर थिमी नगरपालिका वडा नं. ४ को इन्द्रायणी परिसरमा सांसद क्षेत्र विकास कोष र मध्यपुर नगरपालिकाको संयुक्त लगानीमा निर्माणाधीन जेष्ठ नागरिक दिवा सेवा केन्द्रको९छत ढलानको०स्थलगत निरीक्षण गर्नुको साथै उपभोक्ता समितिलाई गुणस्तरमा ध्यान दिन सुझाव समेत दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्