एजेन्सी, २८ फागुन । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोना (कोभिड-१९) संक्रमण भएको बेलायती समाचार संस्था युके डेलिमेलले जनाएको छ ।
गत शुक्रवार अचानक बिरामी परेकी डोरिसलाई कोरोना संक्रमण भेटिएपछि हाल उनी चिकित्सकको परामर्श सहित ‘आइसोलेसन’मा रहेकी छिन् । ६२ वर्षीया डोरिसले एक विज्ञप्ति जारी गर्दै आफूसँग नजिक र प्रत्यक्ष सम्पर्कमा रहेका मानिसहरुबारे जानकारी लिने काम भइरहेको पनि उल्लेख गरेकी छिन् ।
डोरिसले भनिन्, ‘ मेरो स्वास्थ्य परीक्षणमा कोरोना पोजेटिभ भेटियो । मलाई सूचित भए पछि मैले सबै सल्लाह दिएका सावधानीहरू अपनाउँदै घरमा अलग बसेको छु ।’
बेलायतमा कोरोना संक्रमणका कारण हालसम्म ६ जनाको ज्यान गइसकेको छ भने ३८२ जनामा संक्रमण भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्