बाँके, २ चैत । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले पाँचथर हिलेवाँङ गाउँपालिका–६ बस्ने कमल मैनालीलाई ब्राउनसुगर ५ ग्रामसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्