काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार बिहानै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् ।
मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री अस्पतालमा गएका हुन् ।
केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो भने नौ दिन अस्पताल बसाइपछि शुक्रबार प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्