काठमाडौँ, २ चैत । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चैत ६ गतेबाट सुरु हुने यस वर्षको एसईई परीक्षा सर्नसक्ने संकेत गरेका छन् ।
आज राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले भने, चैत ४ गतेसम्मको अवस्था हेर्दाखेरि छिमेकी मित्र राष्ट्रहरुसँग आइपुगेको त्यो संक्रमण यहाँ भित्रियो भने त्यो जोखिमबाट जोगिनलाई परीक्षा स्थगन गर्नुपर्छ, त्यसमा कुनै दुविधा रहेन तर अलिकति समय लगाएर हेर्दै जाउँ भन्ने खालको कुरा छ ।’
एसईई परीक्षा चैत ५ गते पछाडि सञ्चालन हुँदैछ । तर अहिलेकै अवस्था रहेमा परीक्षा स्थगित नहुने उनले स्पस्ट पारे ।
प्रतिक्रिया दिनुहोस्