Banner News

कोरोनाबारे सार्क राष्ट्रका नेताहरुबीच भिडियो कन्फरेन्स शुरु



काठमाडौं, २ चैत । कोरोना भाइरसको महामारीविरुद्ध लड्नका लागि साझ रणनीति बनाउन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुको भिडियो कन्फरेन्स शुरु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्कका नेताहरु भिडियो कन्फरेन्समा सहभागि भएका हुन् । कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदी, प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगान राष्ट्रपति अशरफ घानी, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, माल्दीभ्सका राष्ट्रपति इब्राहिम माहम्मद सोलिह, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागी रहेका छन् ।

पाकिस्तानका तर्फबाट भने स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा. जाफर मिर्जाले सहभागिता जनाएका छन् ।