धनुषा, ३ चैत । प्रदेश २ सरकारले धनुषामा घरेलु जाँडरक्सी खाएर ज्यान गुमाएका परिवारलाई तीन-तीन लाख रुपैयाँ दिने भएको छ ।
आइतबार प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जाँडरक्सी खाएर ज्यान गुमाएका प्रतिपरिवारलाई भेटी राहत स्वरुप तीन लाख रुपैयाँ उपलब्ध गराइने बताएका हुन ।
मुख्यमन्त्री राउतले विषाक्त जाँडरक्सी बिक्री वितरण तथा उत्पादन गर्नेलाई कानुनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाँडै ‘खुला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्