समाचार

काठमाडौँ र ललितपुरका यी ठाउँमा शुक्रबारसम्म दैनिक ८ घण्टासम्म बत्ती जाने



काठमाडौँ, ४ चैत । काठमाडौँका केही ठाउँमा मङ्गलबारदेखि शुक्रबारसम्म दैनिक सात घण्टा बत्ती जाने भएको छ ।

जोरपाटी वितरण केन्द्रको गोठाटार फिटर स्तरोन्नति गर्नुपर्ने भएकाले फोर्स पार्क, वीरेन्द्र चोक, गान्धी मोड, हात्ती डाँडा र विमानस्थाल आसपास बिहान ९ देखि दिउँसो ४ बजेसम्म लाइन काट्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ । काम छिट्टै सकिए तोकिएको समयअघि नै बिजुली आपूर्ति हुने प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ ।

त्यस्तै पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइनको स्तरोन्नति गर्नुपर्ने भएकोले ललितपुरमा मङ्गलबार, बिहीबार र शनिबार चुनिखेल, छम्पी, सल्यानटार, इटाहिटी, कामी डाँडा, टिकाभैरव, देवीचौर, बुरुङ्गचुली क्षेत्रलगायत फर्पिङ फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बत्ती जाने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।