काठमाडौँ, ६ चैत । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दैनिक भेटघाट अनिश्चितकालका लागि स्थगित गर्नुभएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड-१९)को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट रोक्नुभएको हो । अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको प्रचण्डको निजी सचिवालय प्रमुख गंगा दाहालले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्