Banner News

मन्त्री अर्याल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता



काठमाडौँ, ६ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्याल र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ  ।

आज मन्त्री अर्याल र भारतीय राजदूत क्वात्राबीच मन्त्रालयमै भएको भेटमा नेपाल-भारतबीचको सम्बन्ध कूटनीतिकसँगै अन्य सम्बन्धहरु पनि विशेष रहेको बताइएको छ  ।

मन्त्री अर्यालले नेपाल-भारतबीचमा केही विषयहरु लाङ्गो समयदेखि रहेको र त्यो दुई देशबीचमा आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताइन् । भेटमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरुमा दूतावासले सहकार्य गर्न सक्ने बताए ।

उनले भने,  ‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस्, ‘हाम्रो दुई देशबीचमा त्यस्तो ठूलो कुनै कारण छैन । रहेका विषयहरु आपसमा शान्तिपूर्वक बसेर समाधान गर्न सकिन्छ ।’