राजनीति

नेपालमा नै बन्यो एकै दिनमा क्यारेन्टाइनस्थल



काठमाडौँ, ६ चैत । नेपाली सेनाले टाँडीमा दुई सय जना अट्न सक्ने मोरङको टाँडीमा पहिलो प्रदेश स्तरीय क्वारेन्टाइनस्थल तयार भएको छ ।

प्रदेश सरकारले मोरङको टाँडी र सुनसरीको श्रीलंका टाप्पुमा १ हजार क्षमताको क्वारेन्टाइन स्थल बनाउने घोषण गरेको थियो । त्यसअनुसार पहिलो चरणमा २ सय क्षमताको क्वारेन्टाइनस्थल तयार पारिएको नेपाली सेनाको २ नंम्वर वाहिनी धनकुटाका सहायक रथी यमप्रसाद ढकालले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा हाल २५ वटा शौचालय र वाथरुम निर्माण गरिएका छन् । प्रत्येकमा चार जनाको दरले शौच जाने र नुहाउने सकिने छ । खानेपानी पनि सबैका लागि अलग–अलग व्यवस्था छ ।

नेपाली सेनाले तयार पारेको चिकित्सकको टोली कोरोना आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण र उपचारमा परिचालन हुने पूर्वी पृतना सैनिक अस्पतालकी सेनानी डा। सरिता केसीले बताउनुभयो । क्वारेन्टाइन स्थलमा खटिने दक्ष चिकित्सकको अभाव भएकाले प्रदेश सरकारसँग समन्यव गरिने उहाँले बताउनभुयो ।

कोरोना संक्रमण भएको आशंका गरिएका व्यक्तिहरुलाई क्वारेन्टाइनस्थलसम्म ल्याउनका लागि दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । यस्तै पूर्वका ६ वटा अस्पतालमा गरी २८ वटा आइसोलेसन बेड तयार परिएको छ । कोसी, वीपी, नोभेल, विराट, मेची र बिएण्डसी अस्पतालमा आइसोलेसन व्यवस्था गरिएको हो ।