राजनीति

अभिभावकको आग्रहमा परीक्षा सार्‍यौं : मन्त्री खतिवडा



काठमाडौँ, ६ चैत । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री यूवराज खतिवडाले आपूर्ति व्यवस्थापन, तथा व्यवसायीलाई परेको अप्ठेरो हेरेर अर्थमन्त्रालयले काम गर्ने बताएका छन् ।

आज सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले सरकारले कोरोना भाइरस रोकथामका लागि १ महिनादेखि पूर्वतयारी गरेको बताए ।

उनले विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली क्षेत्रमा संक्रमण फैलिने चेतावनी दिएको र अभिभावकहरुले पनि परीक्षा सार्न गरेको आग्रह पछि पठनपाठन र परीक्षा सारिएको बताए ।

साथै सरकारले सुरुमा हवाईमार्ग व्यवस्थापन गर्दै हालसम्म १ सय ४१ सिमा स्थलमार्गमा सवाधानी अपनाइएको जानकारी गराए ।