समाचार

सशस्त्र जवान झुण्डिएको अवस्थामा फेला



बारा, ७ चैत । सशस्त्र प्रहरी बल १७ नम्बर गुल्म, राजश्व चुहावट नियन्त्रण कार्यालय पथलैयामा कार्यरत सशस्त्र प्रहरी जवान विमल भण्डारी झुण्डिएको अवस्थामा फेला परेका छन् ।

उनी कार्यरत गुल्मको हाता भित्रै झुण्डिएको अवस्थामा भण्डारीको शव फेला परेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

राती डिउटी गरेका भण्डारीलाई बिहान साथीहरुले मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको जनाएको छ ।