काठमाडौँ, ७ चैत । कोरोना भाइरसका मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ ।
कोभिड—१९ सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो । नेपाली जामे मस्जिद (धार्मिक स्थल) सञ्चालक समितिले आफु पनि बाँचौ अरुलाई पनि बचाऔँ भन्ने सन्देशसहित मस्जिदले सरकारले गरेको अनुरोधलाई ध्यानमा राख्दै सक्दो सयोग गर्न आग्रह गरेको छ ।
मस्जिदले आ-आफ्नो ठाउँबाट नमाज पढ्नपनि अनुरोध गरेको छ । कोभिड—१९ को जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्