बेलबारी, ८ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि मोरङको बेलबारी नगरपालिकाले १५ बेडको आइसोलेशन वार्ड तयार गरेको छ ।
नगरपालिकाको नयाँ भवनका दुई वटा कोठामा आइसोलेसन तयार पारेको हो । विश्वब्यापी बनेको कोरोनो भाइरसका लागि पूर्वतयारी अबस्थामा आइसोलेसनको वार्ड तयार पारेको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पूर्वतयारीमा हामि बसिरहेका छौं । कोरोनाको लक्ष्यण देखिए आइसोलेसनमा राखेर निगरानि गर्छौ । आधादर्जन भन्दा बढि स्वास्थ्यकर्मी समेत आइसोलेन वार्डमा राखिने मेयर सुवेदीले जानकारी गराउनुभयो ।
संघ तथा प्रदेश सरकारले मात्रै कोरोना समन्धी आइसोलेसन वार्डको तययारी गरीरहेका बेला बेलबारी नगरपालिकाले भने छुटै आइसोलेसनको ब्यबस्था गरेको हो ।
बिहिबार नगर कार्यापालिकाको कार्यापालिकाको वैठक बसि १५ बेडको आइसोलेशन वार्ड संचालन गर्ने निर्णय गरेको थियो । निर्णयको २४ घन्टा नबित्दै आइसोलेन तयारी गरीएको समेत प्रमुख सुवेदीले बताउनुभयो । प्रदेश एकमै पहिलो पटक बेलबारी नगरपालिकाले आइसोलेसन वार्डको संचालमा ल्याएको प्रमुख सुवेदीले बताउनुभयो । त्यस्तै उहाँले टोल टोलमा सचेता समन्धी कार्यक्रम गरीने समेत बताउनुभयो ।
त्यस्तै आइसोलेशन वाडमा भर्ना भएर थप जटिल समस्या देखिए तुरुन्तै अस्पतालमा रिफर गर्नका लागि समेत नगरपालिकाले सहकार्य गरीरहेको मेयर सुवेदीले बताउनुभयो । उहाँले बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान तथा अन्य असपतालहरुमा तुरुन्तै रिफर गरी उपचार गराउने प्रबन्ध समेत मिलाइएको जानकारी गराउनुभयो । संघ तथा प्रदेश सरकारसँग सहकार्य गरेर केहि महिना भित्रनै १५ बेडको अस्पताल संचालन गर्ने मेयर सुवेदीले जानकारी गराउनुभयो ।
कोरोना भाइरसको लक्ष्यण तथा बच्ने उपायाहरुको पर्चा पम्पलेट सहितका सचेतनाका कार्यक्रमलाई समेत जोड दिएको उहाँले बताउनुभयो । नगरपालिकामा भित्र सेवा लिने सेवाग्रहि तथा कर्मचारीलाईसमेत हात धोएर मात्रै प्रबेश गर्न दिने गरेको जानकारी उहाँले जानकारी गराउनुभयो ।
कोरोनाका लक्षणहरु
१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु, श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्ने, निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।
रोकथामका उपायहरु
रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने,नियमित साबुन पानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्न अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने, फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने ।
प्रतिक्रिया दिनुहोस्