समाचार

पेस्तोलसहित विप्लव समूहका जिल्ला इन्चार्ज र सदस्य पक्राउ



रौतहट, ८ चैत । सरकारद्वारा प्रतिवन्धित नत्र विक्रम चन्द विप्लव समूहका रौतहट जिल्ला ईन्चार्ज र जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार बिहान चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को महादेव डाँडास्थित अल्जाजोर भन्ने स्थानबाट दुवैजनालाई रौतहट र मकवानुरको सीमाबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रौतहट जिल्ला ईन्चार्ज संकेत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेका छन् ।

उनीहरुको साथबाट एक थान नलकटुवा पेस्तोल, एक थान ग्रिनेड र केही थान मोबाइल तथा सिमकार्ड पनि बरामद गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।