भोजपुर, ८ चैत । भोजपुर ट्याम्केमैयुम-३ गिरी टोलमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो आफ्नै घरमा बसिरहेको अबस्थामा अचानक परेको चट्याङले स्थानीय दुर्गामाया गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
चट्याङले घाइते भएकी पुनको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साँझ पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्