समाचार

आजको राशिफल



आज २०७६ साल चैत ९ गते आइतबार, चैत्र कृष्ण पक्ष त्रयोदशी, विश्व पानी दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

वृष (इवाविवुवेवो)

आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । टाढा र माइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन लाग्नेछ ।

मिथुन (काकिकुकेकोहा)

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झिनुपर्नेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

कन्या (टोपापिपुपेपो)

भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

तुला (रारिरुरेरोतातितुते)

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

धनु (येयोभाभिभुधाफाढाभे)

आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमिबाट लाभ रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । मनोबल उच्च रहनेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आकस्मिक धन लाभ हुनेछ ।

मीन (दिदुदेदोचाचि)

यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

साभारः हाम्रो पात्रोबाट