राजनीति

मन्त्री अर्यालद्वारा २० हजार मास्क हस्तान्तरण



स्याङ्जा, ९ चैत । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सचेत रहन आग्रह गर्दै बिपद ब्यवस्थापन समितिलाई २० हजार थान माक्स र एक वटा गन थर्मोमिटर प्रदान गर्नुभएको छ ।

स्याङ्जामा शनिबार आयोजीत कार्यक्रममा मन्त्री अर्यालले छिमेकी देश चिनबाट शुरु भएको कोभिड १९ बिश्वभर पुगेको बताउदै नेपालका हरेक ठाउँमा पुग्न सक्ने भएकाले सचेत रहन आग्रह गर्दै मन्त्री अर्यालबाट प्राप्त भएको मालाई प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले ११ स्थानिय तह, प्रहरी, आर्मी, प्रशासन, जिल्ला अस्पताल, रेडक्रसलाई बितरण गर्नुभयो ।

भारतमा संक्रमणको संख्या दिनदिनै बढ्दै गएको बताउँदै मन्त्री अर्यालले खुला सिमानाका कारण नेपाल पनि उच्च जोखिम रहेको उल्लेख गर्दै कोभिड १९ को संक्रमणलाई सचेतनाले मात्र परास्त गर्न सक्ने बताउँदै उहाले संक्रमणलाई प्रवेश गर्न नदिन सरकारले सर्तकता अपनाएको बताउनुभयो ।