विश्व

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार



एजेन्सी, ९ चैत । उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले आरोप लगाएको छ ।

दक्षिण कोरियाका सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले शनिबार समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र प्रहार गरेको हो । दक्षिण कोरियाली अधिकारीहरुले यो कार्य असान्दर्भिक र अशोभनीय कार्य भएकाले तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् ।

त्यस्तै जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले शनिबार क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ ।