तनहुँ, ९ चैत । ब्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहानै बस पल्टिँदा एक युवतीको मृत्यु भएको छ भने १७ जना घाइते भएमा छन् ।
मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९४०० नम्बरको बस नियन्त्रण गुमाएर बिहान पौने ४ बजे पल्टिएको थियो । मृत्यु हुनेमा तनँहुको शुक्लागण्डकी नगरपालिका २ की २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १७ जनामध्ये एक जनालाई उपचारको लागि बीएण्डबी अस्पताल ललितपुर पठाइएको प्रहरीले जनाएको छ । अन्य दुई जनालाई मणिपाल अस्पताल पोखरा पठाईएको छ भने १२ जनाको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको छ । सामान्य घाइते दुई जना उपचार पश्चात घर फर्केका छन् ।
प्रतिक्रिया दिनुहोस्