राजनीति

कालोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुन्छ : मन्त्री भट्ट



काठमाडौं, ९ चैत । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने बताएका छन ।

कोरोना भाइरस (कोभिड—१९) सन्त्रास फैलिएसँगै देशभरी कालोबजारी बढेको गुनासो बढेका बेला सरकारले तीन लाख जरिवाना सहित ५ वर्ष जेल सजाय हुने बताएको हो ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कालोबजारी र मुनाफाखोरी गरी अभाव सिर्जना गरेको फेला परेमा यस्तो सजायको व्यवस्था गरिएको बताए ।

आइतबार राजधानीमा आयोजित साक्षत्कारमा  बोल्दै उनले भने, ‘बजारमा अभाव सिर्जना गर्नेलाई ५ वर्षको कैद सजाय हुन्छ । कुनै सम्झौता हुन सक्दैन् । बदमासी गरेको देख्नुभयो भने तपाईले खबर गर्नुहोस् । त्यसलाई हामी तत्काल कारावही गर्छौँ । कारावही गर्नेमा कुनै शंका नगर्नुहोस् ।’

मन्त्री भट्टले कोरोना बिरुद्ध लड्नुपर्ने बेलामा सबैले गम्भिरताका साथ लिएर एकजुट हुनुपर्ने बताए । सीमानाकाबाट नेपाल आउन नदिनेगरी नाका बन्द गर्ने विषयमा भारतसँग कुटनीतिक रुपमा सरकारले कुरा गरिरहेको बताएका छन् ।