समाचार

कालोबजारीको आरोपमा ४ जना औषधी व्यवसायी पक्राउ



जनकपुर, १० चैत । कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको बेला मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनगुमनको क्रममा जनकपुरधाम वडा नम्बर ४ स्थित सुस्मिता मेडिकल हलबाट सर्लाही बरहथवा वडा नम्बर ८ बस्ने संयज साह, जनकपुरधाम वडा नम्बर ८ स्थित भ्रमरपुरा चोकस्थित अटल फार्मेसीबाट धनुषा लक्ष्मिनिया वडा नम्बर ३ बस्ने अनिल यादव र जलेश्वर वडा नम्बर ६ बस्ने प्रभन्स चौधरी र जनकपुरधाम वडा नम्बर ४ स्थित सम्पूर्ण मेडिकलबाट स्थानीय संजय साहलाई पक्राउ गरेको हो ।

मास्क उपभोक्तासँग तोकिएको भन्दा बढी मूल्यमा बिक्री गरिरहेको अवस्थामा ती अभियूक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका ४ जना विरुद्ध कालोबजार मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।