समाचार

काठमाडौँमा कोरोना संक्रमित भेटिए



काठमाडौँ, १० चैत । काठमाडौँमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

१९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए । उनीसँगै जहाजमा आएकाहरुको खोजी भइरहेको पनि मन्त्री ढकालले बताए ।