राजनीति

पिनले कोरोनाबारे जनाकरिमूलक प्लाट्फर्म तथा मोवाइल एप्स सञ्चालनमा ल्याउने



काठमाडौँ, ११ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन)ले विश्वमा महामारिको रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को सम्पूर्ण आधिकारिक जानकारि र नजिकको हस्पिटल आइसोलेसन वार्ड क्वारेन्टाइन तथा संका लागेमा गर्ने सम्पूर्ण कार्य गर्ने विधि बताउने वेब बेस्ड प्लाट्फर्म तथा मोबाइल एप्स सञ्चालनमा ल्याउने भएको छ ।

पिन केन्द्रिय प्रचार प्रसार तथा प्रकाशन बिभागको प्राविधिक सहयोगमा सोमबार स्वास्थ तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीसँग पिनको तर्फबाट छलफल गरि बिभागले इ सुरज गौतमको नेतृत्वमा गठन गरेको कार्यदलको सम्पूर्ण बिवरण सहितको पत्र समेत दिएको कार्यदलका सचिव संजिव रोकाहाले जानकारी दिनुभयो ।

उक्त एप्सबाट कोरोना भाइरसको बारेमा आधिकारिक सूचना तथा हाल देश प्रदेश र हरेक स्थानीय तहको अवस्था हरेक नागरिकको मोबाइलमा हरपल देखिने र सहयोग लिने विधि समेत प्राप्त हुने पिनले लिएको बताइएको छ ।