Banner News

चीन नेपालको साथमा छ, कहिल्यै एक्लो हुने छैन : राजदुत यान्की



काठमाडौँ, ११ चैत । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले कोरोना भाइरसको संक्रमणले नेपाललाई समस्यामा पार्न लागिरहेको अवस्थामा चीनले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पुन: दोहोर्‍याउँदै नेपालको कुनै पनि समस्यामा चीन नेपालको साथमा रहेको उल्लेख गर्नुभएको छ ।

राजदूत यान्कीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपाललाई चीनको बलियो साथ रहेको बताउनुभएकोछ । उहाँले भन्नुभएको छ, ‘हामी नेपालका लागि प्रार्थना गर्दैछौं । हामी नेपालका साथीहरुलाई सहयोग पुर्‍याउन तत्पर छौं । चिकित्सा सामाग्रीहरु सकेसम्म मिलाउँदैछौं, हामी साथमा छौं ।’

कोरोना भाइरससँग जुधिरहेको नेपालले एक्लो महसुस गर्नु नपर्ने उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ‘तपाईंहरु कहिल्यै एक्लो पर्नु हुने छैन, हामी साथमा छौं ।’