पर्सा, १२ चैन । चितवनको भरतपुरमा विभिन्न मजदूरी पेसामा काम गर्दै आएका बारा र पर्साका मजदूर युवाहरु लकडाउन उल्लंघन गर्दा प्रहरीको नियन्त्रणमा परेका छन् ।
लकडाउन उल्लंघन गर्दै चितवनबाट आएको कन्टेनरसहित उनीहरूलाइ नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र पक्राउपछि उनीहरूविरूद्ध आवश्यक कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । सरकारले कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हुन नदिन मुलुकभर लकडाउन गर्दा उनीहरू लकडाउन छलेर जिल्ला फिरेका हुन् ।
कन्टेनरमा लुकेका ५३ जनामध्ये ५० जना पर्सा जिल्लाका रहेका छन् भने ३ जना बारा जिल्लाका रहेको छ । मालबाहक गाडी/कन्टेनरका चालकलाई प्रतिव्यक्ति रु २०० को दरले भाडा दिएर ५३ जना व्यक्तिहरू पर्सा आइपुग्दा पर्सा प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्