राजनीति

सांसद महेश, सशीजंग र मेयर बासुदेब जुटे गरिवको खाना, नगरवासीको खाद्य ब्यवस्थापन, स्वास्थ रक्षामा



भक्तपुर, १८ चैत । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण मुलुकमा लकडाउन भएसँगै असाहाय, गरिब, मजदुरको खाद्यान्न आपुर्ती, खानपीन, अति आवश्यकीय सामग्री तथा स्वास्थ्य संस्थाको व्यवस्थापको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वाशुदेव थापा एक ढिक्का भई लाग्नुभएको छ ।

सूर्यविनायक नगरपालिकामा सोमवार नगर प्रमुख थापाको अध्यक्षता, पूर्वउद्योग मन्त्री तथा सांसद माननीय बस्नेत तथा वाग्मती प्रदेश सांसद शशी जङ्ग थापाको उपस्थितिमा भएको बैठकले सुरक्षा निकाय र स्वास्थ्य निकाय सवैभन्दा बढी तदारुकता राख्नुपर्ने जसमा सुरक्षा निकाय प्रभावकारी भएकाले स्वास्थ्य क्षेत्रलाई समेत विशेष रुपमा प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

सामाजिक संस्थाहरुसँग सहकार्य गरी खाद्य सामग्रीको प्याकेज बनाउनुपर्ने र घर घरमा लगी वितरण गर्नुपर्नेमा जोड दिँदै सांसद बस्नेतले दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेे व्यक्तिलाई खाद्यान्न सामग्रीको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । कृषि सहकारी संघ तथा नगरपालिकाको सहकार्यमा खाद्यान्न तथा तरकारीको व्यवस्थापन उत्कृष्ट रहेको उल्लेख गर्दै खाद्यान्न र आपूर्तीको सवालमा नगरपालिकाका वडाहरुले जनमुखी कार्य गरिरहेको भन्दै प्रशंसा गर्नुभयो ।

उहाँले भुकम्पको समयमा गरेको खाद्य सामग्री वितरणको प्रकृया गर्नु नहुने जसको लागि स्वयम् वडाध्यक्षहरु नै लाग्नुपर्ने समेत बताउनुभयो । घरेलु तथा साना उद्योगले पनि खाद्यान्न तथा दैनिक जीवनमा अवाश्यक सामग्री वितरण गर्ने प्रकृया अघि बढिरहको जानकारी प्राप्त भएको बताउँदै इट्टा भट्टाका मजदुरहरुको समस्यालाई क्रमिक रुपमा सुधार हुँदै गएको साथै आजसम्म करिव १५/१६ हजार मजदुरहरु घर फर्कीएको समेत जानकारी गराउभयो ।

बैठकले नगरपालिकालाई कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि महत्वपूर्ण निर्णयहरु गर्दै सरकारले घोषणा गरेको लकडाउनलाई अक्षरस पालना गर्न आम नगरवासीलाई अनुरोध समेत गरेको छ । लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्न र सबै नागारिकलाई घरमै सुरक्षित साथ बस्दा दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने विपन्न परिवारको दैनिक गुजारा चलाउन कठिनाइ भएकाले उक्त परिवारको यथाशिघ्र लगत सङ्कलन गरी उक्त परिवारलाई गुजारा गर्न व्यवस्था गर्ने निर्णय गरिएको छ ।

बैठकले नगरवासीको हितका लागि गरेका महत्वपूर्ण निर्णयहरु यस प्रकार रहेका छन्,

१. नेपाल सरकारले कोभिड १९ को संक्रमण रोकथामका लागि थप भएको लक डाउन अवधिमा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन वडा अध्यक्षको संयोजकत्वमा वडास्तरी आपूर्ति अनुगमन समिति गठन गरी देहाय बमोजिम कार्य गर्ने,

क) वडास्तरमा प्रत्येक घर धुरीको लगत संकलन गरी आवश्यक पर्ने खाद्य सामाग्री तथा अति आवश्यक सामाग्रीहरुको परिमाणगत आवश्यकता पहिचान गर्ने,
ख) वडास्तरमा टोल तथा वस्तीमा रहेका खाद्य सामाग्रीहरुका पसलहरुको लगत संकलन गरी स्टकमा रहेको सामानहरुको लगत खडा गर्ने,
ग) पसलमा खाद्य सामाग्रीहरु नपुग भएमा वा अप्रयाप्त हुने अवस्था आएमा नगरपालिकामा प्रतिवेदन पेश गर्ने,
घ) सुरक्षा निकायको सहयोगमा खाद्य सामाग्रीहरु उपलब्ध गराउन आवश्यक समन्वय र सहयोग वडास्तरीय आपूर्ति अनुगमन समिति मार्फत गर्ने,
ङ) खाद्य सामाग्रीका पसलहरुमा आवश्यक सुरक्षा सतर्कता र भिडभाड नहुने गरी निश्चित समयमा पसल खोली आवश्यक सामाग्रीहरु विक्री वितरण भए नभएको दैनिक अनुगमन गर्ने ब्यवस्था गर्ने ।

२. वडास्तरमा वडास्तरीय आपूर्ति अनुगमन समितिले वडामा विपन्न घर परिवार तथा दैनिक ज्याला मजदुरी गर्नेको पहिचन गरी लक डाउन अवधिका लागि आवश्यक खाद्य सामाग्री उपलब्ध गराउन देहाय बमोजिम ब्यवस्थापन गर्ने,

क) वडास्तरीय आपूर्ति अनुगमन समितिले गरिवीको रेखामुनी रहेका विपन्न घर परिवार तथा दैनिक ज्याला मजदरी गर्नेहरुको लगत संकलन गर्ने,
ख) निजहरुका लागि कम्तिमा १५ दिनका लागि खाद्य सामाग्री उपलब्ध गराउन नगरपालिका समक्ष घर परिवारको स्पष्ट ठेगाना र सम्पर्क नम्वर सहित लेखी पठाउने,
ग) नगरपालिकाले खाद्य सामाग्री उपलब्ध गराउन सहयोगी संघ सस्थाहरुको समेत परिचालन गरी खाद्य सामाग्री सहयोगका लागि आब्हान गर्ने,
घ) सामाजिक संघ संस्थाको सहयोग नगरस्तरमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्न संयोजक प्रमुख प्रशासकीय अधिकृत श्री कमल ज्ञवाली ९९८५१२७७१११०, सदस्य १ नं. वडा अध्यक्ष श्री सानुकाजी कायस्थ ९९८५११०१६५३०, सदस्य सचिव श्री उमेश बस्नेत उपाध्यक्ष मानवीय आस्था, नेपाल ९९८५१०५७८३४० समिति गठन गर्ने,
ङ) गरिव विपन्न परिवार तथा मजदुरका लागि आवश्यक पर्ने खाद्य सामाग्री वडा समितिको प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि तथा सहयोगी संघसंस्थाबाट घर दैलोमा नै उपलब्ध गराउने ब्यवस्था मिलाउने,

३) विगत २ हप्ता भित्र नगर क्षेत्रमा विदेशबाट आएका नागरिकहरुको लगत संकलनलाई पूर्णता दिने र त्यस्ता ब्यक्तिहरुको घरमा नै उपस्थित भई स्वास्थ्य कर्मी र वडास्थित जनप्रतिनिधिको समुपस्थितिमा स्वास्थ्य चेक चाँज गर्ने ब्यवस्था मिलाउने, निजहरुलाई तोकिएको अवधिसम्म होम क्यारेन्टाइनमा वस्ने ब्यवस्था मिलाउने र सोको निरन्तर अनुगमन समेत गर्ने ।

४) नगरस्तरीय विपद ब्यवस्थापन कोषलाई कोभिड १९ नियन्त्रणका लागि आवश्यकता अनुसार प्रयोग गर्ने र उक्त कोषमा प्रदेश तथा नेपाल सरकारबाट प्राप्त हुने सहयोग रकम समेत समावेश गर्ने,

५) सुक्खा खोकी, उच्च ज्वरो र थकाई लाग्ने लक्षण देखिएमा आफ्नै घरमा आइसोलेसनमा बस्न वडागत रुपमा अनुरोध गर्ने । स्वास्थ्य अवस्था विग्रदो भएमा थप चेक जाँचका लागि नजिकको स्वास्थ्य संस्था वा वडा स्थित निर्वाचित जनप्रतिनिधिलाई तत्काल खवर गरी सहयोग लिने ।

६) नेपाल सरकारले थप अवधिका लागि घोषणा गरेको लक डाउनको पूर्ण पालना गराउन नगरपालिका र वडा समितिबाट ब्यापक प्रचार प्रसार गर्ने गराउने र विश्व महामारी कोडिभ १९ फैलिन नदिन सबैले सहयोगको लागि नगरवासीमा आब्हान गर्ने ।

७) कोभिड १९, अन्य कुनै स्वास्थ्य तथा खाद्यान्न आपूर्ति सम्वन्धी समस्या देखिएमा वा कालो बजारी भएको पाइएमा वडास्थित निर्वाचित जनप्रतिनिधिहरुलाई तत्काल आवश्यक कारवाहीका लागि सम्पर्क गर्ने ।

नगरपालिकाले (कोरोना भाइरस कोभिड १९) को सङ्मण फैलन नदिन नेपाल सरकारले थप एक सातासम्म गरेको लकडाउनलाई प्रभावकारी बनाउन सूर्यविनायक नगरपालिकाभित्र आपूर्ति व्यवस्था सहज बनाउन १० वटै वडामा वडाध्यक्षको संयोजकत्वमा आपूर्ति अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।

जसमा अध्यक्ष १ सानुकाजी कायस्थ ९८४१३००५५३, सदस्य १ प्रदिप कार्की ९८५१२३७२८४ , सदस्य १ अम्बिका न्यौपाने ९८४९३७१२४४, सदस्य १ कल्पना नेपाली ९८१९३४२५३७, अध्यक्ष २ कमल नाथ आचार्य ९८४१८८०५२९, सदस्य २ सुवास कुमार कार्की ९८५१०६२६१४, सदस्य २ विश्वराज विष्ट ९८५११९१७७३, सदस्य २ कान्छी माया श्रेष्ठ ९८६०३२२१११, सदस्य २ मुना परियार ९८४९१२६२४४, अध्यक्ष ३ शिव शरण खत्री ९८५१०३०००२, सदस्य ३ घनश्याम भट्टराई ९८१३५३५४५५, सदस्य ३ प्रभु भक्त माडी श्रेष्ठ ९८४१४६८९७१, सदस्य ३ अम्बिका राउत ९८४१०९८०४४, अध्यक्ष ४ उत्तम थापा ९८५१२४१७८७, सदस्य ४ तारा सापकोटा ९८४१८७९२३०, सदस्य ४ देवलाल राजथला ९८४१६५४५७८, सदस्य ४ राजु लुबन्जार ९८४९४०१३४१, सदस्य ४ पम्फा परियार ९८२३६७७८२३, अध्यक्ष ५ राजकुमार जोशी ९८५१०८७३९२, सदस्य ५ मनोज थापा ९८६०६६२०८१, सदस्य ५ बासुदेव पोखरेल ९८५११२६८५३, अध्यक्ष ६ रामेश्वर ध्वजु ९८४१–२९९७७३, सदस्य ६ राजेन्द्र त्वाती ९८४१–२०७७६३, सदस्य ६ सुदाम के।सी। ९८५१०–१३०४६, सदस्य ६ रमा गौतम ९८६०२००२६४, सदस्य ६ सरला बिश्वकर्मा ९८४३–८६३१९२, अध्यक्ष ७ रविन्द्र सापकोटा ९८५११६१७४३७, सदस्य ७ लक्ष्मी परियार ९८६३४९१५८९, सदस्य ७ कृष्णजीत माकजु ९८४१५६११२०, सदस्य ७ अर्जुन खतिवडा ९८६०१६२८१०, अध्यक्ष ८ किरण थापा मगर ९८५१०८१८७६, सदस्य ८ तारा बस्नेत ९८६०६७८५५४, सदस्य ८ अजय बहादुर तामाङ्ग ९८४३३५१२७२, सदस्य ८ धर्मराज बस्नेत ९८४१२५७९३६१, सदस्य ८ शान्ता वि क ९८४९०४२३६२, अध्यक्ष ९ उपेन्द्र राज के।सी ९८५११४९०५०, सदस्य ९ विनय महत ९८४१३८२५६०, सदस्य ९ जुनुमाया तामाङ्ग ९८६१०८६४४६, सदस्य ९ अनु बयलकोटी ९८४३०२५५०५, अध्यक्ष १० शिवराम राउत ९८४१३३९७४६, सदस्य १० शिवहरी कार्की ९८४१४९५८२२, सदस्य १० सुभद्रा खत्री ९८४९९२६७१९, सदस्य १० कमला सुनुवार ९८४०५८५९२२, कार्यपालिका सदस्य दिपक विसुंके ९८५१०१७०८३, कार्यपालिका सदस्य हिरामाया शेर्पा ९८४१९८५६१३, कार्यपालिका सदस्य राजेन्द्र भुजेल ९८४१३३०७८९ ।