एजेन्सी, ६ बैशाख । इम्पेरियल कलेज लन्डनले शुक्रबार सार्वजनिक गरेको एक रिपोर्टले यस वर्ष कोरोना भाइरसबाट अफ्रिकामा तीन लाख बढी मानिसको मृत्यु हुनसक्ने देखाएको छ ।
अफ्रिकाको संयुक्त राज्य आर्थिक आयोगले दिएको प्रतिवेदनका अनुसार भाइरस विरूद्ध कुनै हस्तक्षेप नभएको खण्डमा तथा सबैभन्दा खराब अवस्थामा अफ्रिकामा ३.३ मिलियनको मानिसको मृत्यु र १.२ बिलियन मानिसमा संक्रमण देखिनसक्छ ।
‘कडा सामाजिक दूरी’ अपनाएपनि यहाँ १२२ मिलियन भन्दा बढीमा कोरोनाको संक्रमण देख्न सकिने रिपोर्टमा उल्लेख छ । शुक्रबारसम्म अफ्रिकामा १८ हजार बढीमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ। तर विज्ञहरूका अनुसार केही हप्तामा नै अफ्रिकामा यो महामारीको वृद्धिदर युरोपभन्दा बढि देख्न सकिने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्