काठमाडौँ, १० वैशाख । हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकोले आज देशका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्विमी वायुको प्रभावले चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ भने हालको देशको मौसम मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली र पश्चिमी भूभागमा आंशिक बदली रहेको छ ।
त्यस्तै आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भूभागका एक-दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्