राजनीति

सांसद बस्नेत राष्ट्रिय चर्चामा : भक्तपुरको विकास अग्रिम मोर्चामा



भक्तपुर जिल्लामा नेताहरु नभएका भने होइनन, परिआए सिगो देशलाईनै नेतृत्व गर्न सक्ने नेता हुन रोहित । राजनीतिक उचाईका हिसाबले हित देशकै शीर्ष नेता हुन् । तर, सरकारमा नजाने उनको पार्टीको नीतिकै कारण भक्तपुर विकास निर्माणका हिसाबले लामो समयसम्म ओझेलमा नै परिरहयो ।

खासगरी पूर्वएमालेमा भने नेताहरुको अभाव थियो । संसदीय निर्वाचनमा आयातित नेताहरुलाई उठाउनु पर्ने वाध्यता थियो । तर अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भक्तपुरमा नेता पाएको छ । खास गरी स्थानीय नेताहरुको अभावमा लामो समयदेखि ओझेलमा पर्दै आएको जिल्ला अहिले विकास निमार्ण हिसावले अग्रिम मोर्चामा छ ।

जिल्लामा मात्रै होइन, केन्द्रीय राजनीतिमा समेत बस्नेतले पछिल्लो समय आफ्नो भूमिका र प्रभावलाई विस्तार गर्दै लान थालेका छन् । यही समयमा बस्नेतलाई पार्टी भित्र र वाहिर कमजोर पार्न भूमिका खेल्ने जमातको पनि कमी छैन् । पछिल्लो समय नेकपालाई मधेशको राजनीतिमा विस्तार गर्न बस्नेतले जुन भूमिका निर्वाह गरे त्यो प्रंससनीय र तारिफ योग्ग छ । पार्टी संगठन विस्तार गर्न सुको योगदान नगर्नेहरुको कोलाहलको कुनै अर्थ छैनन् ।

आज मात्रै होइन, हिजो तत्कालिन एमाले अप्ठ्यारो अवस्थामा थियो । तत्कालिन माओवादी शान्ति प्रकियामा आएपछि भएको संसदीय निर्वाचनमा पूर्वएमाले तेस्रो स्थानमा झरेको थियो । त्यतिबेला देशैभरि तत्कालिन माओवादी निकट वाईसिएलको दबदवा थियो । वाईसिएलसँग प्रतिकार गर्ने त, टाढाको कुरा उनीहरुलाई देख्ने वितिकै दश हात परबाट हच्किने अवस्था थियो । एमाले निकट युवाहरुको पाखुरीमा पनि पानी होइन, रगत नै बग्ने गरेको छ र आइलाग्ने माथि जाइलाग्न सक्छ भन्ने उत्साह कसले भ¥यो त्यही महेशले होइन् ? पूर्व एमालेलाई तेस्रो शक्तिबाट पहिलो शक्ति बन्नमा कारण त अरु पनि होलान तर बस्नेतको योगदानलाई कम आँक्न मिल्दैन् ।

केन्द्रीय राजनीतिमा बस्नेतको बढ्दै गएको भूमिका र प्रभावलाई कमजोर पार्न सकिन्छ कि भनेर उनी विरुद्ध अन्ध्यारो कोठामा बसेर तीर हान्ने प्रयास गर्नेहरु पूर्व एमाले अप्ठ्यारोमा रहँदा कहाँ र कुन भूमिकामा थिए ? बस्नेतलाई कसैले टिपेर नेता बनाएको होइन, उनी ज्यानको बाजी थापेर त्यो ठाउँमा पुगेको हो । अरु त के बस्नेत जस्ता यो देशमा २० जना मात्रै नेता हुने हो भने विकास निर्माणका हिसाबले देश कायाकलट हुनेछ । नपत्याए भक्तपुर हेर्न आए हुन्छ ।

लामो समयसम्म कमरेड नारायणमान विजुक्छे अर्थात रोहितको शासन जिल्लामा रहयो । भक्तपुर देशभर कमरेड रोहितको जिल्ला भनेर परिचित भयो । देशका दुर्गम र विकट पहाडी जिल्लाहरुमा विकासको घाम पुग्दा भक्तपुर भने छाँयामै परिरहयो । सिहदरवारबाट १३ किलोमिटर पूर्वमा रहेको जिल्लाको सदरमुकाम भक्तपुर विकास निर्माणका हिसाबले टाढा नै रह्यो । मनोहरा खोला बगिनै रहयो तर विकास निर्माणको सामाग्री उनले भक्तपुरमा कहिले तारेनन् ।

त्यतिमात्रै कहाँ हो र प्रदेशको राजधानी भक्तपुर राख्नुपर्छ भनेर सिगो जिल्ला चिच्उँदा उनलाई र उनको पार्टी नेमकिपालाई मन परेन । भक्तपुरमा अन्र्तराष्ट्रिय स्तरको रंगशाला बनाउनु पर्छ भनेर माननीय बस्नेतले पहल गर्दा खेती योग्य जमिन मास्न पाईदैन, हामीलाई रंगशाला चाहिँदैन भन्दै नारा –जुलुसनै गर्न लगाए । उनको पार्टीले रंगशाला चाँही दैन भनेको जमिनमा जमिनमा अन्नवाली लहराएका छैन् । ईटाका भटाबाट बरु उल्टै धुलो र धूवाँ जनता पस्किरहेका छन । कामरेड रोहित रगशाला चाँहीदैन भनेर नाराजुलुस गर्नेहरु मौन छन् ।

निर्वाचनमा जाने तर सरकार नजाने उनको एक सूत्रीय अडानकै कारण भक्तपुर विकास निर्माणमा पछि परेको हो । राज्यले विकास निर्माण गर्न विनियोजन गरेका बजेट जिल्लाको विकासमा ल्याउन उनले जाँगर चलाएनन् । अरु नेता कोही भएनन । राज्यसत्तामा पहुँच नभएकै कारण सरकारी रोजगारी लगायतका विभिन्त्र अबसरहरुबाट भक्तपुरवासी बन्चित हुनु परयो । उनको निर्वाचनमा जाने तर सरकारमा नजाने नीतिले उनलाई वा उनको पार्टीलाई कति फाइदा भो कुन्नी, तर भक्तपुरवासीहरुले भने नोक्सानी नै व्यहोनु पर्यो ।

समयसंगै भक्तपुर जिल्लाको राजनीतिक समिकरण पनि बद्लिएको छ । लामो समयदेखि जिल्लामा पहिलो शक्तिको रुपमा रहेको नेमकिपा अहिले खुम्चिएको छ । अहिले जिल्लाका चारवटा स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा नेकपाले नेतृत्व गरिरहेको छ भने नेमकिपा भक्तपुर नगरमा सीमित भएको छ ।

भक्तपुर जिल्लामा माननीय महेश बस्नेतको नेतृत्वमा चौतर्फीरुपमा विकास निर्माणका कामहरु भैराखेको छ । जिल्लाका गाउँ बस्ती पुग्ने साँगुरा सडकहरु फराकिलामात्रै भएका छैनन् । त्यो संगै कालोपत्रे पनि भैराखेका छन् । फराकिला बाटोहरु झुण्डिएका पुराना पुलहरुलाई फराकिला नयाँ –नयाँ पुलहरुले विस्थापित गरिरहेका छन् । नयाँ–नयाँ सामुदायिक भवनहरुदेखि लिएर जिल्लाका नेकपाले नेतृत्व गरेको स्थानीयतहरुमा खानेपानीको कामहरु पनि तीव्रताका साथ अघि बढिरहेको छ ।

जिल्लामा अहिले चमत्कारितरुपमा विकास निमार्णका कार्यहरु तीव्रगतिका साथ अघि बढ्नुमा बस्नेतको प्रमुख भूमिका रहेको छ । केन्द्रको राजनीतिमा बस्नेतको पहूँच भएर मात्रै होइन,उनले जिल्लाको विकासका रुचि र निरन्तर खटाईले सम्भव भएको हो । चार–पाँच बर्ष पहिले विदेश गएर आफ्नो गाउँबस्ती फर्किदा त्यो व्यक्तिलाई आफ्नो घरगाँउको बाटो पहिलाउन अलमल पर्ने गरी जिल्लामा विकास निर्माणको कामले तीव्रता पाएको छ । कुनै समय हाम्रो गाउँघरमा छोरीले भनेको नमानेर दुःख दिइन भने उसको आमाले तलाई गुण्डुको खोचमा विवाह गरी दिन्छु भन्थेरै । आज त्यही गुण्डु विकास निर्माणको मोडेल बनेको छ । नपत्याए –हेर्न गए हुन्छ ।

जिल्लाका विकास निर्माणको काम मात्रै होइन, अन्य सामाजिक कार्यहरुमा पनि महेश बस्नेतको टिम अविरलरुपमा निरन्तर जुटिराखेको छ । यो लक डाउनमा पनि जिल्लामा नयाँ पुल निर्माणका कामहरु भैराखेका छन् । जिल्लामा ज्याला–मजदुरी गरी खाने अति विपन्न परिवारहरुलाई राहत जुटाउने काममा पनि बस्नेतको टीम अविश्राम खटिरहेको छ । गन्तव्यमा पुग्न बाटोमा हिडेकाहरुलाई खाना खुवाउनेदेखि गन्तव्यसम्म पुराउने चाँजोपाजो मिलाउने काममा पनि त्यो टिम जुटिरहेको छ ।

उपेन्द्र केसी