काठमाडौँ, २२ वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले धोका दिएको निष्कर्ष निकालेको छ ।
पार्टीभित्र आन्तरिक विवाद तीव्र बन्दै गएका बेला शनिबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग ‘चोचोमोचो’ मिलाएर धोका दिएको निष्कर्ष नेपाल समूहले निकालेको हो ।
नेपाल समूह पार्टीभित्र दाहालको भूमिकालाई लिएर थप सशंकित बनेको छ । बैठकअघि दाहालले पार्टीभित्रको संघर्षमा नेपाल समूहलाई साथ दिने बताएका थिए । दुई अध्यक्षले चोचोमोचो मिलाएर वामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन पहल गर्ने प्रस्ताव बैठकमा पेस गरी अन्य विषयलाई उपेक्षा गरेको भन्दै नेपाल समूह असन्तुष्ट बनेको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्