काठमाडौँ, ४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले नेपालमा महाभुकम्पको समयमा छिमेकी देश चीन र भारतबीच भएको सम्झौताको विरुद्धमा नेपाल दृढताका साथ अघि बढ्ने उद्घोष गर्नुभएको छ ।
राष्ट्रपतिले शुक्रवार प्रस्तुत गर्नुभएको नेपाल सरकारको नीति तथा कार्यक्रमको सवालमा आफ्नो धारणा राख्दै आइतवारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता नेम्वाङले दुई देशबीच भएको नेपालको राष्ट्रिय हित विपरित हुने कुनै पनि सम्झौता नेपालको लागि मान्य नहुने स्पष्ट पार्नुभयो ।
भुकम्पको दुःखद् घडिमा नेपाल जुधिरहेको समयमा चीन तथा भारतले नेपाली भूमि लिपुलेकलाई दुई देशबीचको व्यापरिक केन्द्रको रुपमा विकास गर्ने समझदारी नेपाल र नेपाल सरकारले अस्वीकार गर्नुभयो । चीन र भारतबीचको सोही सम्झौता अनुसार नै भारतले केही समय अघि नेपाली भूमि हुँदै चीनको मानसरोवर जाने सडक उद्घाटन गरेको थियो । त्यसको नेपालमा चैतर्फि विराधे भइरहेको छ । त्यती मात्र नभई नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै लिपुलेक, लिम्पियाधुरा तथा कालापानीसहितको नेपालको नयाँ नक्सा जारी गर्ने उद्घोष समेत गरिसकेको छ ।
बैठकमा बोल्दै नेम्वाङले सरकारको नीति तथा कार्यक्रम ऐतिहासिक भएकाले कार्यान्वयनको लागि सवैको साथ र सहयोग आवश्यक रहेको औल्याउनुभयो । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रण, शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, रेलमार्ग, सुरुङमार्ग, हवाई मार्ग, जलमार्गलगायतका व्यापक मात्रामा विकास र विस्तार गर्दै नेपाललाई अविकसित मुलुकबाट विकासन्मुख मुलुकमा रुपान्तरण गर्ने ऐतिहासिक योजना अघि बढाएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्