राजनीति

लकडाउनमा पनि भक्तपुरको विकास तीव्र



भक्तपुर, ६ जेठ । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा मात्र नभई विश्वमा नै विकास निर्माण तथा आर्थिक रुपमा ठूलो चुनौति पैदा भइरहेको समयमा भक्तपुरको विकासले भने सामाजिक दुरी कायम गर्दै तिव्रता पाएको छ ।

गरे सम्भव छ भन्ने मान्यतालाई आत्मसात् गर्दै पछिल्लो समय लकडाउनका कारण रोकिएका भक्तपुरका अधिकांश आयोजनाहरु शुरु भएका छन् । चालू आर्थिक वर्षका अधुरा रहेका सबै काम सम्पन्न गर्ने निर्णय अनुसार काम भट्टाभट सुरु हुन थालेका छन् । आर्थिक वर्ष समेत सम्पन्न हुन लागि रहेकोले विकास निर्माणलाई सरकारले घोषणा गरेको लकडाउनलाई पालना गर्दै सामाजिक दुरी समेत कायम गर्दै आयोजना शुचारु गरिएको छ ।

मन्त्री नेम्वाङले प्रभावकारी, दिगो र स्थायीत्व हुने गरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । निर्धारित समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री नेम्वाङले कुनै पनि यो वा त्यो बहानामा काम ढिलाई नगर्न सचेत समेत गराउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा नेपालका पूर्वी जिल्लाहरुमा जाने मुख्य सडकको रुपमा रहेको अरनिको राजमार्ग समेत आभेरले गर्ने कार्यको सोमवार शुभारम्भ भएको छ । सूर्यविनायक चोकदेखि कोटेश्वरसम्म ६ लेनको अरनिको राजमार्गको १९ करोडको लागतमा करिब १० कि.मी सडक ओभरले आस्फाल्ट पिच गर्ने काम शुरु भएको हो ।

कार्यक्रममा सांसद बस्नेतले मन्त्री नेम्बाङ, सांसद बस्नेत, मन्त्रालयका सचिव देवेन्द्र कार्की, डिजी केशब कुमार शर्मा, अर्थ सचिव शिशिर ढुङ्गाना र सूर्यविनायक धुलिखेल, धुलिखेल सिन्धुली बर्दीबास सडक आयोजना प्रमुख सूर्य भाट लगायतकालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै भक्तपुरमा पेप्सिकोला मनोहरा पुलबाट सल्लाघारी जाने सडक, निकोशेरा गाँखु बोडे जाने सडक, नेपाल ल कलेजबाट पूर्व हिन्चोक जाने सडक, निकोशेरा नागबेली मार्ग, गुण्डु छेडा राउत गाउँ किवाचोक तिनधारा सडक, डोके खोला पुल निर्माण पलाँसे, त्रीबेणी खोलापुल नंखेल, चख्खु खोला पुल सिपाडोल, किवाचोकको पुल गुण्डु दधिकोट, चरखणडीखोला पुल चित्रपुर सिरुटार, रानी खोला पुल निर्माण, अनन्तलिङ्गेश्वोर मन्दिर परिसर सामुदायिक भवन, नलिन्चोक सामुदायिक भवन, गुण्डु वडा कार्यालय भवन निर्माण, बालकोट वडा नं. २ कार्यालय निर्माण लगायतका आयोजनाहरु तिव्र गतिका साथ निर्माण कार्य भइरहेको छ ।