काठमाडौँ, १८ जेठ । प्रतिनिधि सभाको बैठकमा संविधान संशोधन प्रस्ताव पेश भएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई पेश गरेकी हुन ।
यसैगरी अर्थमन्त्री डा युवराज खतिवडाले आ.व. २०७७/०७८ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधिसभामा पेश गरेका छन । अर्थमन्त्री खतिवडाले प्रस्ताव पेश गरेपछि अहिले प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरू भएको छ ।
प्रतिक्रिया दिनुहोस्