काठमाडौँ, २३ जेठ । संसदले रुकुम घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको छ ।
संसदको शुक्रबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन् । दलहरूसँग परामर्श गरेर समितिमा रहने सदस्यहरू तय गरिने सभामुख सापकोटाले जानकारी गाउनुभयो ।
१० जेठमा पश्चिम रुकुमको चौरजहारी नगरपालिकाको सोती गाउँकी आफ्नी प्रेमिकालाई लिन भनेर जाजरकोटबाट गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।
अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनालाई प्रमुख विपक्षी कांग्रेसले नरसंहार भनेको छ र संसदीय छानबिन समिति गठनको माग गर्दै आएका थियो ।
प्रतिक्रिया दिनुहोस्