भक्तपुर, ३ असार । सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले नगरपालिकाले मापदण्ड सहितका आफ्ना सडकहरुका विवरण राख्ने र आवश्यकता अनुसार थपघट गरेर सार्वजनिक गर्नुपर्ने बनाउँनु भयो । सो कुरा उहाँले सूर्यविनायक नगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु अघि नगरपालिकाको पूर्वाधार समितिले राखेको बैठकमा वताउँनु भएको हो ।
बैठकमा उहाँले सडकमा योजना परेपछि मात्रै सडकको हामी कहाँ सीमाकन गर्ने प्रचलन छ । तर, योजना पर्नु भन्दा अघि नै बाटोको सम्बन्धीत वडाले सीमाकन ग¥यो भने काम गर्नू झन्झटिलो नहुने र जग्गा धनीले पनि यो वा त्यो कुरा उठाएर काममा व्यवधान नगर्ने जानकारी गराउनु भयो । त्यतिमात्रै होइन, एउटा जग्गाको तीनतीर मापदण्डले छोएको छ भन्ने त्यस्तो ठाउँमा एउटालाई मात्रै माने हुने कि भन्ने प्रश्न गर्दै उहाँले – नगरपालिकाले आफ्ना सडकको मापदण्ड तय गर्दा सम्पदा र पुरानो बस्तीमा मापदण्ड तय गर्ने बेलामा ध्यान पुराउनु पर्ने कुरा राख्दै सडक निर्माण गर्दा व्यक्तिको र सार्वजनिक परेको खण्डमा के गर्ने भन्ने विषयमा नगरपालिकाले नीतिनै बनाएर जानु पर्ने कुरा राख्नु भयो
उहाँले भन्नु भयो – विकास गरेर मात्रै हुँदैन, जनताको चित्त बुझाउन बनेका बाटोहरुलाई व्यवस्थित र सडक निर्माण गर्दा मिचिएका मापदण्डहरु छन भने त्यस्ताहरुलाई नगरपालिकाले आवश्यक परे भत्काउनु पनि पछि हट्न हुँदैन् । सडक निर्माण गर्दा प्राय सबै ठेकेदारहरुको ध्याँन ठूलो ढुगाको वाल बनाउनेमा मात्रै बढि रुचि किन हुन्छ भन्ने प्रश्न गर्दै उहाँले थप्नु भयो – ब्यक्तिको जग्गा संरक्षणमा कति अल्को वाल गदाउने हो त्यो पनि आउँदा दिनमा नगरपालिकाले सोच्नु प¥यो । र, उहाँले भन्न,भयो – कति पनि मौलाईजा नगरी नगरपालिकाले मापदण्ड कडाईका साथ लागू गर्नु पर्छ ।
बैठक पूर्वाधार समितिका संयोजक एवं ७ नंम्वरका वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा भएको थियो । सो बैठकमा मेयर बासुदेव थापा र उपमेयर जुना बस्नेतको पनि सहभागितामा भएको प्रवक्ता उपेन्द्र केसी जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्