काठमाडौँ, २३ असार । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शैलेश थापा क्षेत्रीलाई २८ औं आइजिपीमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिनुभयो । उहाँले अब २०७९ साल वैशाख १९ गतेसम्म संगठनको नेतृत्व सम्हाल्नु हुनेछ ।
शैलेश थापा क्षेत्रीले २०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका गर्नुभएको थियो । उहाँले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हाल्ल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्