एजेन्सी, २६ असार । दक्षिण कोरियाको राजधानी सोउलका मेयर पार्क वोन सुन मृत अबस्थामा फेला परेको जनाइएको छ ।
तीन दिनदेखि सम्पर्क विहीन रहेका उनलाई उनकै पूर्व महिला सचिवले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि सम्पर्कबाहिर रहेका उनको प्रहरीले खोजी तिव्र पारेको थियो ।
६४ वर्षीय मेयर पार्क–वोन–सुनको शव आज शुक्रबार बिहान सोउलको उत्तरी क्षेत्रमा पर्ने जंगलमा भेटिएको प्रहरी अधिकारीहरुले बताएका छन् । उनी राजनीतिमा एक अग्रणी व्यक्तित्वका साथै उनलाई राजनीतिमा ताराको रुपमा हेर्ने गरिन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्