काठमाडौँ, ११ साउन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच आज भेटवार्ता भएको छ ।
सिंहदरवारमा भएको उक्त शिष्टाचार भेटमा राजदूत बेरीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेका छन ।
गत जेठ १६ गते संसदबाट पारित गरिसक्नु पर्ने भएपनि पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारी बारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन् ।
रक्षामन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको बताए । एमसीसीका विषयमा सरकारले गम्भिर छलफल गरिरहेका पोखरेलले बेरीलाई जानकारी गराएका थिए ।
भेटमा बेरीले छिमेकी भारतमा एक दिनमा लाख बढी जनतामा कोरोना पोजेटिभ देखिएको सन्दर्भमा नेपालले बनाएको योजना बारे पनि चासो राखेका थिए । अमेरिकाले सुरुमा केही कमजोरी गरेका कारण अहिले समस्या बढेर गएको उल्लेख गर्दै बेरीले संक्रमण नियन्त्रण गर्दै आर्थिक गतिविधि सञ्चालनका लागि सावधानी अपनाउन आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्