काठमाडाैँ, २७ साउन । गोंगबु हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
हत्या प्रकरणकी आरोपित कल्पना शाही भनिने कल्पना मुडभरीले आफ्नो नक्कली फेसबुक आइडी बनाएर चरित्र हत्या गरेकोले कृष्णबहादुरको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।
दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् ।
अपराध अनुसन्धान महाशाखाका अनुसार अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको छ ।
ती महिलालाई प्रहरीले चितवनको टाँडीबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले मंगलबार विहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । उनले हत्या गरेको स्वीकारी वयान दिएको प्रहरीले जनाएको छ ।
उनले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बोहोरा लठ्ठिएपछि कल्पनाले अण्डकोषमा हम्मरले प्रहार गरेकी थिइन् ।
त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहोरा मरेको एकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि उनले बोहोराको टाउको र खुट्टा अलग गरी शव व्यवस्थापन गरेकी थिइन् । यही साउन २५ गते बिहान गोंगबुमा सुटकेसभित्र शव फेला परेको थियो । बोहोराको टाउको र खुट्टा भने जेब्रा झोलाभित्र भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्